देश/प्रदेश
घरमा पत्नी नभएका बेला छोरीलाई बलात्कार गर्दै आएका बुवा पक्राउ
०
चितवन– छोरीलाई बलात्कार गरेको आरोपमा एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ । पीडित युवतीले आफू बुवाबाटै पटक पटक बलात्कृत भएको भन्दै सोमबार प्रहरीमा उजुरी दिएकी थिइन् ।
छोरीले प्रहरीमा उजुरी गरेपछि उनका बुवा फरार भएका थिए । आरोपितलाई बुधबार राति नुवाकोटबाट पक्राउ गरि चितवन ल्याइएको चितवन प्रहरीका प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए ।
प्रहरीका अनुसार १६ वर्षीय छोरीलाई घरमा पत्नी नभएको बेलामा बुवाले जबरजस्ती करणी गर्दै आएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>