Uncategorized

वैदेशिक रोजगारीका समस्या हल गर्छु- नवनियुक्त महानिर्देशक

Banner

काठमाडौं-वैदेशिक रोजगार विभागका नवनियुक्त महानिर्देशकमा डा. भिष्मकुमार भुसालले वैदेशिक रोजगारी क्षेत्रमा देखिएका समस्या हल गर्ने बताएका छन् ।

खबरहबसँगको कुराकानीमा भुसालले अहिले देखिएका समस्याको पहिचान गर्दै समाधानको उपाय खोज्न आफूले पहल गर्ने बताए ।

उनले भने , ‘सरकारले वैदेशिक रोजगारीसँगै विदेशी श्रम बजारलाई व्यवस्थित गर्ने बनाएको ऐनभित्र रहेर अनुगमन र नियमन गर्छु । यो क्षेत्रका बारेमा धेरै अनविज्ञ छु । केही समय अध्ययन गरेर समस्याको पहिचान गरि समाधानको उपाय तत्काल खोजिन्छ । राज्यले वैदेशिक रोजगारीमा जाने कामदारलाई सूरक्षीत, व्यवस्थीत र मयार्दित ढंगले पठाउनका लागि सवै विधि अपाउने छ ।’

राज्यले व्यवसायी र श्रमिकलाई समान व्यवहार गर्ने उनको भनाई छ । यो भन्दा अगाडीका महानिर्देशक दिलीपकुमार चापागाई वैशाख १५ गते अवकास हुने भएपछि बिदामा बसेका कारण डा भूसाललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले महानिर्देशक पदमा बुधबार नियुक्त गरेको थियो ।

नवनियुक्त महानिर्देशक भूसाल भुकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र वीरगञ्ज महानगरपालिकाको प्रमुख प्रशाशकीय भएर काम गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>