अन्तर्राष्ट्रिय

भारतमा लोकसभाको चुनाव : बिहानैदेखि मतदान शुरु

Banner

काठमाडौं- भारतमा आम निर्वाचनको पहिलो चरण अन्तर्गत मतदान शुरु भएको छ । मतदानका लागि बिहानैबाट मतदान केन्द्रमा मानिसहरुको भीड लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मतदान स्थानीय समयअनुसार बिहान ७ बजेबाट खुला गरिएको बताइएको छ । बिहीबार भारतका विभिन्न २० राज्य र केन्द्र शासित प्रदेशका ९१ निर्वाचन क्षेत्रमा मतदान शुरु भएको हो ।

दोश्रो चरणको मतदान भने आगामी अप्रिल १८ मा हुनेछ । विभिन्न ७ चरणमा हुने मतदान आगामी मे १९ सम्म चल्नेछ । अन्तिम चरणको मतदान सकिएको ३ दिनपछि अर्थात् मे २३ बाट मतगणना शुरु हुने जनाइएको छ ।

पछिल्ला केही दशकयताको सबैभन्दा महत्वपूर्ण चुनावका रुपमा हेरिएको यसपटकको निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी भाजपा र विपक्षी कांग्रेस पार्टीबीच प्रमुख प्रतिस्पर्धा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>