देश/प्रदेश
रात्रिबस दुर्घटना, २३ घाइते
०
डडेल्धुरा- मङ्गलबार राति डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा २३ घाइते भएका छन् । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको ना४ख ६८३६ नंको बस राति २ बजेको समयमा डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारी धनघाट नजिकमा दुर्घटना हुँदा २३ घाइते भएका छन् ।
घाइतेमध्ये २२ को अवस्था सामान्य रहेको छ भने एक गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते कञ्चनपुर कृष्णपुरकी ६१ वर्षीया शान्ति दियाललाई थप उपचारका लागि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । अन्यको डडेल्धुरा अस्पतालमै उपचार भइरहेको बताइएको छ ।
बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । नयाँ वर्ष तथा विशु पर्व मनाउन घर फर्केका यात्रु दुर्घटनामा परेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>