विजनेश

जनताको जलविद्युत कार्यक्रम– थप दुई जलविद्युत आयोजनामा सेयर खुल्यो

Banner

काठमाडौं– सरकारले सान्जेन माथिल्लो जलविद्युत आयोजना र सान्जेन जलविद्युत आयोजनामा सेयरका लागि आवेदन खुला गरेको छ ।

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी रसुवास्थित १४ दशमलव ८ मेगावाट क्षमताको सान्जेन माथिल्लो जलविद्युत आयोजना र ४२ दशमलव ५ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको सर्वसाधारणका लागि सेयर भर्न आदेवन खुला गरिएको जानकारी गराएको हो ।

‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत यी दुई वटा आयोजना थप गरी सर्वसाधारणका लागि सेयर भर्न आवेदन खुला गरिएको पनि उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले जानकारी दिए । उनले जनताले तत्काल प्रतिफल पाउने भएकाले सो आयोजनाको कामलाई प्राथमिकतामा राखेर अघि बढाइएको पनि स्पष्ट पारे ।

१५ प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्टयाइएको दुवै जलविद्युत आयोजनाको ४५ लाख ७५ हजार बराबरको सेयर प्रतिकित्ता सयका दरले भर्न पाउनेछन् ।

सरकारले जनताको स–साना पूँजी संकलन गरेर जनताको जलविद्युत आयोजनाको कामलाई अघि बढाउन यस अघि त्रिशुली बी जलविद्युत आयोजनाको सेयर आह्वान गरेको थिए । मन्त्री पुनले जनताले तत्काल मुनाफा आर्जन गर्न सक्ने आयोजनालाई प्राथमिकतामा राखेर जनताको जलविद्युत आयोजना कार्यक्रमलाई अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

सान्जेन माथिल्लो जलविद्युत आयोजनाको २ अरव २२ करोड र सान्जेन जल विद्युत आयोजनाको ५ अरव २ करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>