राजनीति

निषेधित क्षेत्र तोड्न खाेजेपछि कमल थापा लगायत राप्रपाका तीन नेता पक्राउ

Banner

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले गरेको प्रदर्शनका क्रममा अध्यक्ष कमल थापा लगायत तीन जना नेता पक्राउ परेका छन् ।

हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनका क्रममा अध्यक्ष थापा लगायत नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई प्रहरीले पद्मोदय माेडबाट पक्राउ गरेको हो ।

राप्रपाले सोमबार प्रदर्शनीमार्गमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा राप्रपाका नेता–कार्यकर्ताले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

राप्रपाले हिन्दू राष्ट्रको माग राख्दै केही दिन यता दबाबमूलक कार्यक्रमको आयोजना गर्दै आएको छ । यसअघि राप्रपाले सामूहिक हस्ताक्षर अभियान थालेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>