पत्रपत्रिका

सावधान ! पानीमा कोलिफम, ३३ उद्योगको पानी परीक्षण गर्दा ९ वटामा जीवाणु

Banner

काठमाडौं–शुद्ध प्रशोधित भन्दै विभिन्न ब्रान्ड दिएर बिक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो ।
खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले शुद्ध पिउने पानीको ब्रान्ड दिएर बिक्री गर्दै आएका प्रशोधित पानीको गुणस्तर परीक्षण गर्दा यस्तो पाइएको गोरखापत्र दैनिकमा खबर छ ।

विभागले चालू आर्थिक वर्षको पहिलो ८ महिनामा विभाग र मातहतका कार्यालयमा आएका उजुरीका आधारमा विभिन्न ९वटा उद्योगले बिक्री गर्ने पानीको नमूना संकलन गरी गुणस्तर परीक्षण गर्दा कोलिफर्मको जीवाणु पाइएको हो ।

पछिल्लो ८ महिनामा विभागले ३३ वटा पानी उद्योगको नमुना संकलन गरी परीक्षण गरेको थियो । तीमध्ये नौवटा उद्योगले बिक्री गर्ने पानीमा कोलिफर्म भेटिएको छ भने, १८ वटा पानी उद्योगले दूषित गुणस्तरहीन पानी वितरण गरेको पाइएको छ । बाँकी ६ उद्योग मापदण्डविपरीत र ऐन नियमविपरीत सञ्चालनमा रहेको पाइएको छ ।

त्यस्तै पत्रिकाले बजेटमा समावेश गर्नुपर्ने विकास योजनाबारे सुझाव दिन सांसदहरु आआफ्नो क्षेत्रमा गएको, भ्रष्टाचारविरुद्ध सरकार आक्रमक हुने प्रधानमन्त्रीले बताएको लगायतका समाचारलाई पत्रिकाले प्राथमिकताका साथ छापेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>