राजनीति
निर्माणजन्य खनिज उत्खनन र निर्यात प्रवर्द्धन कार्यक्रम तत्काल ल्याउनुपर्छः मन्त्री साह
०

काठमाडौं, मंसिर ७ –
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले निर्माणजन्य खनिज तथा सामग्रीको उत्खनन, उपयोग र निर्यात प्रवद्र्धनका लागि सरकारले तत्काल कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्माणजन्य खनिज तथा सामग्रीको उपयोगबारे छलफल धेरै हुने तर काम नहुने प्रवृत्तिको कारण आर्थिक अवसर गुमिरहेको बताउनु भयो । उहाँले जलविद्युतको सम्भावना समयमै उपयोग गर्न नसक्दा नेपालले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उदाहरण दिँदै अब निर्माणजन्य सामग्रीको निर्यातमा पनि ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























