Breaking News

चितवनमा कोरोना संक्रमितको संख्या ९ सय नाघ्यो, निको हुनेको संख्या १५७

Banner

चितवन, भदौ १९–

चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ सय नाघेको छ । दिन प्रतिदिन कोरोना संक्रमित थपिदै गएसंगै आज (शुक्रबार) विहानसम्ममा चितवनमा कोरोना संक्रमितको संख्या ९३३ पुगेको छ ।

पछिल्लोपटक भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड ल्याबमा परीक्षण गर्दा एकैदिन चितवनका ७४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार कुल संक्रमित ९३३ जना मध्ये ७६५ जना हाल आइसोलेसनमा रहेका छन् । हालसम्ममा जम्मा १५७ जना संक्रमित मात्रै निको भएका छन् ।

जिल्लामा सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकामा ५९४ जना रहेका छन् । यहाँ हाल ४९३ जना संक्रमित आइसोलेसनमा छन् भने ९४ जना निको भएर घर फर्किएका छन् । यस्तै रत्ननगर नगरपालिकामा संक्रमितको संख्या ११५ रहेको छ । हाल १०९ जना संक्रमित आइसोलेसनमा छन् भने ५ जना निको भएर घर फर्किएका छन् । यस्तै राप्ती नगरपालिकामा संक्रमितको संख्या ९७ जना रहेका छन् । यहाँ ९१ जना संक्रमित आइसोलेसनमा छन् भने ५ जना डिस्चार्ज भएका छन् ।

त्यसैगरि खैरहनी नगरपालिकामा संक्रमितको संख्या ५३ पुगेको छ । यहाँ ४५ जना संक्रमित आइसोलेसनमा छन् भने ६ जना निको भएका छन् । यसैगरि माडी नगरपालिकामा संक्रमितको संख्या ५२ रहेको छ । यहाँ हाल ११ जना मात्रै आइसोलेसनमा छन् भने ४१ जना निको भएर डिस्चार्ज भएका छन् ।

त्यस्तै कालिका नगरपालिकामा संक्रमितको संख्या १८ रहेको छ । यहाँ १३ जना आइसोलेसनमा छन् भने ५ जना निको भइ डिस्चार्ज भएका छन् । जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामनामा हाल संक्रमितको संख्या ४ रहेको । यहाँ हाल ३ जना संक्रमित आइसोलेसनमा छन् भने एक जना डिस्चार्ज भएका छन् ।

११ जनाको मृत्यु

चितवनमा हालसम्म कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । जसमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ७ छन् । यस्तै खैरहनी नगरपालिकाका २, रत्ननगर र राप्ती नगरपालिकाका एक÷एक जना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>