Breaking News

नेकपा एस : चितवनमा डा कृष्णराज पन्तको अध्यक्षतामा २२५ सदस्यीय कमिटी गठन

Banner

चितवन, भदौ २६ –
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले चितवन जिल्ला कमिटी र भरतपुर महानगर कमिटी गठन गरेको छ ।

शुक्रबार भरतपुरमा आयोजित संयुक्त बैठक एवम् कमिटी रुपान्तरण कार्यक्रमले डा कृष्णराज पन्तको अध्यक्षतामा २२५ सदस्यीय चितवन जिल्ला कमिटी गठन गरेको छ । चितवन कमिटीको उपाध्यक्षमा अरुणपिडित भण्डारी, कृष्णराज न्यौपाने (लब्ली), सचिवमा केपि लामिछाने र सह सचिवमा दिव्या शर्मा आचार्य रहेका छन् ।

यस्तै कार्यक्रमले भरतपुर महानगर कमिटी पनि गठन गरेको छ । विष्णुराज महत्तोको अध्यक्षतामा १६९ सदस्यीय महानगर कमिटी गठन गरिएको हो । महानगर कमिटीको उपाध्यक्षमा केशवराज पोख्रेल, सह सचिवमा शोभा पण्डित रहेका छन् । सचिवको नाम टुंग्याउन बाँकी रहेको बताइएको छ ।

सम्बन्धित समाचार :

नेकपा एसका कार्यकर्तालाई नेता पाण्डेको निर्देशन : जनतालाई गएर तपाईंले सूर्य चिन्ह रोज्ने की म ? भन्नुस्

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>