राजनीति
भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान, प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
०

नयाँदिल्ली, मंसिर ७ –
प्रधानमन्त्री बालेन्द्र साहले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिमा आधारित रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्ने बताउनुभएको छ ।
सोमवार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री साहले दुई देशबीचको सम्बन्धलाई नयाँ पुस्ताको अवसर र समृद्धिसँग जोड्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले नेपाल–भारत सम्बन्ध हिमालयजस्तै अटल र समुन्द्रजस्तै विशाल रहेको उल्लेख गर्दै यस सम्बन्धको वास्तविक आधार दुवै देशका जनता रहेको बताउनु भयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























