Breaking News

गान्धीलाई सम्झँदै शाहले भने– वास्तविक नेतृत्व निःस्वार्थ सेवामा हुन्छ

०
Banner

नयाँदिल्ली, मंसिर ७ –

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल–भारत सम्बन्धलाई आपसी विश्वास, सम्मान र मित्रताका आधारमा थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले गान्धीको स्मृतिस्थलमा राखिएको आगन्तुक पुस्तिकामा आफ्नो सन्देश लेख्दै सत्यको शक्ति कुनै पनि शक्तिभन्दा अतुलनीय रहेको उल्लेख गरेका छन्।

नेपाल सरकार र नेपाली जनताका तर्फबाट गान्धीप्रति गहिरो सम्मान व्यक्त गर्दै उनले भगवान् गौतम बुद्धको जन्मभूमि नेपालबाट आएको आफूले गान्धीको विरासतमा पनि करुणाको त्यही अमर प्रकाश देखेको उल्लेख गरेका छन्।

‘करुणा नै सबैभन्दा ठूलो शक्ति हो र वास्तविक नेतृत्व भनेको समाजका सबैभन्दा कमजोर तथा विनम्र मानिसको निःस्वार्थ सेवा गर्नु हो,’ उनले लेखेका छन्।

नेपाल र भारत भौगोलिक सीमाले मात्र नभई आस्था, आत्मीयता र दीर्घकालीन मित्रताको साझा विरासतले जोडिएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले दुई देशबीचको सम्बन्धलाई इमानदारी, पारस्परिक सम्मान र अटुट विश्वासका साथ अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

गान्धीका आदर्शले शान्तिपूर्ण, न्यायपूर्ण र सद्भावपूर्ण विश्व निर्माणको साझा यात्रालाई निरन्तर मार्गदर्शन गरिरहून् भन्ने कामनासमेत उनले गरेका छन्।

प्रधानमन्त्री शाहले उक्त सन्देशमा २३ नोभेम्बर २०२६ को मिति उल्लेख गरी हस्ताक्षर गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>