Breaking News

सुन तोलामा ६ हजार ५०० रुपैयाँले घटेर २ लाख ४१ हजार ४०० रुपैयाँमा कायम

०
Banner

काठमाडौं, मंसिर ८ –

नेपाली बजारमा बुधबार सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन बुधबार घटेर २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यस्तै, बुधबार १० ग्राम सुनको मूल्य २ लाख ६ हजार ९६० रुपैयाँ तोकिएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदी बुधबार ३ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार बुधबार १० ग्राम चाँदीको मूल्य २ हजार ६०६ रुपैयाँ कायम भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>