समाचार

कार्कीको रिटमा आईजीपी केसीले बुझे सर्वोच्चको म्याद

०
Banner

काठमाडौं, मंसिर ७-
प्रहरी महानिरक्षक डा.मनोज केसीले सर्वोच्च अदालतबाट पठाएको म्याद सोमबार बुझेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा भएको सुनुवाइछि केसीको नाममा जारी भएको म्याद बुझेको नदेखिएको भन्दै प्रहरी प्रधान कार्यालयका कानुन व्यवसायी (अधिवक्ता) मार्फत तामेल गर्न सोमबार आदेश दिएको थियो ।

आईजीपीबाट हटाइएका दानबहादुर कार्कीले दिएको रिटमा प्रहरी प्रधान कार्यालयमा म्याद बुझाउन जाँदा अस्वीकार गरेको भन्दै यसअघि सर्वोच्चका तामेलदारले प्रतिवेदन दिएका थिए । सोही प्रतिवेदनका आधारमा सर्वोच्चले पुनः अर्को म्याद पठाउन अर्को आदेश दिएको थियो । प्रहरी प्रधान कार्यालयका कानुनी सल्लाहकार रहेका करुणाकर मल्लिकले प्रहरी प्रमुख केसीले सर्वोच्चको म्याद बुझेको जानकारी बाह्रखरीलाई दिए ।

ूसर्वोच्चमा यसअघि भएको सुनुवाइपछि गत मंसिर ४ गते प्रहरी प्रमुख केसीका नाममा म्याद जारी गरेको थियो । त्यस दिन मंसिर ७ गतेका लागि अन्तरिम आदेशको सुनुवाइमा उपस्थित हुन भनिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>