देश/प्रदेश

लागुऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

०
Banner

काठमाडौँ, कात्तिक १९ –

प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले मोरङ, सुर्खेत, ललितपुर, उदयपुर, धनुषा, दाङ र बार्दियाबाट अवैध लागुऔषधसहित विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-१२ रोडषेशबाट एक, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(३ प्रगतिटोलबाट दुई, ललितपुरको गोदावरी नगरपालिका-१४ बाट एक, उदयपुरको त्रियुगा नगरपालिका-३ बाट दुई, धनुषाको जनकपुर उपमहानगरपालिका-१ बाट एक, दाङको घोराही उपमहानगरपालिका-१४ बाट एक र बर्दियाको गुलरिया नगरपालिका-११ गणेशपुरबाट एक जना पक्राउ परेका प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>