चितवन विशेष

‘गैडाकोटका कलाकार मुक्ती अधिकारी ‘जिन्दगानी’ गीत सार्वजनिक गर्दै,अनुजा सिहं संगको को रोमान्टिक अभिनय

०
Banner

नवलपरासी,असोज२४-

नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘जिन्दगानी’ सार्वजनिक हुदैछ। सौगात जंग थापाको प्रस्तुति रहेको गीतमा गायक गणेश प्रधान र अनु चौधरीको स्वर रहेको छ।

गीतमा उत्तम बार्तौलाको शब्द, सौगात जंग थापाको संगीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ। रञ्जन राईले मिक्सिङ तथा मास्टरिङ गरेको गीतको म्युजिक भिडियोमा मुक्ति अधिकारी र अनुजा सिहं मुख्य कलाकारका रूपमा देखिएका छन्।

रोमान्टिक भाव र प्रेमिल दृश्य समेटिएको भिडियोमा मुक्ति अधिकारी र अनु सिहं बीचको प्रेमभावलाई प्रस्तुत गरिएको छ।
रोशन श्रेष्ठको प्रोडक्सन, दिनेश भुजेलको क्यामेरा, शिबु जीको कोरियोग्राफी तथा युवराज खत्रीको निर्देशन र सम्पादनमा रहेको छ।
‘जिन्दगानी’ गीतले नेपाली संगीतप्रेमीको मन जित्ने अपेक्षा गरिएको छ।

नवलपुरको गैँडाकोट निवासी कलाकार मुक्ति अधिकारी दुई दशकभन्दा लामो समयदेखि नेपाली कला क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। चितवनको नारायणी कला मन्दिर, नारायणगढबाट नृत्य र अभिनयको औपचारिक प्रशिक्षण लिनुभएका अधिकारीले निरन्तर आफ्नो कला प्रस्तुत गर्दै दर्शक तथा स्रोतामाझ सक्षम कलाकारका रूपमा परिचित बन्न सफल हुनुभएको छ।

दुई दशकको कलायात्रामा उहाँले दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसक्नुभएको छ। साथै नेपाली कथानक चलचित्र ‘साली कस्को भेनाको’ निर्माण गरेर चलचित्र क्षेत्रमा समेत आफ्नो योगदान दिनुभएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>