देश/प्रदेश

मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ

०
Banner

काठमाडौँ, असोज २१–

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको मलङ्गवा नगरपालिकाका इन्जिनियर डिकेशकुमार यादव र सुपरभाइजर कौशलकुमार मधुकरलाई रु एक लाख घुससहित नियन्त्रणमा लिइएको छ ।

निजहरूले निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरणमा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाको आधारमा आयोगको बर्दिवास कार्यालयबाट खटिइएको टोलीले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलीले उनीहरूको साथबाट स्रोत नखुलेको रु ३३ हजार ७०५ समेत नियन्त्रणमा लिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>