देश/प्रदेश
छ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा
०

लमजुङ, असोज १७ –
बाढीपहिरोका कारण छ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको छ ।
नासोंँ गाउँपालिका–३ खोत्रो र चामे गाउँपालिका–५ कोतोमा खसेको पहिरो तथा सडकमा थुप्रिएको ढुङ्गामाटो हटाएपछि सडक सञ्चालनमा आएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले राससलाई जानकारी दिनुभयो ।
बाढीपहिरोका कारण बेँसीसहर–चामे सडकका विभिन्न खण्डमा पहिरो खस्नुका साथै कतिपय स्थानमा सडक भासिएको थियो । सडक सञ्चालनमा आएसँगै मनाङतर्फ खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानी तथा आवागमन सहज भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>






















