देश/प्रदेश

नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने लिक्विडेसनमा गइसक्थ्यो– पर्यटनमन्त्री

०
Banner

काठमाडौं, असोज १६ –

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपाल एयरलाइन्स कर्पोरेसनको वर्तमान आर्थिक तथा व्यवस्थापकीय अवस्था निकै नाजुक रहेको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यदि यो कुनै निजी कम्पनी हुन्थ्यो भने हालसम्म लिक्विडेसन (समापन) मा गइसक्ने अवस्था रहेको बताउनुभएको हो । मन्त्री पौडेलले नेपाल एयरलाइन्स नाफा कमाउने मात्र संस्था नभई राष्ट्रिय गौरव र ध्वजावाहक भएको उल्लेख गर्दै यसलाई जोगाउन अब कठोर निर्णय लिनुपर्ने बेला आएको बताउनु भयो ।

उहाँले एयरलाइन्सको विद्यमान समस्या समाधानका लागि सार्वजनिक–निजी साझेदारी (एएए) मोडलमा जानुपर्ने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो । विगतमा कोभिड–१९ को समयमा ब्याजलाई पुँजीकरण (क्यापिटलाइजेसन) गरिएको विषयलाई उनले ‘मिटरब्याज’ सरहको व्यवहार भएको टिप्पणी गर्नुभयो ।-न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>