चितवन विशेष

नारायणी नदीमा पानीको सतह हालसम्मकै उच्च

०
Banner

चितवन, असोज ११-
लगातारको मुसलधारे वर्षाका कारण आइतबार मध्यान्न १२ बजे नारायणी नदीमा पानीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ। जल मापन केन्द्र देवघाटमा बिहान नदीको पानीको सतह ११ मिटर ८९ मिटर पुगेको छ। जल मापन केन्द्र स्थापनाकाल देखि हालसम्म नदीको सतह यति माथि पुगेको पहिलो हो।

यस अघि २०८१ असोज १२ गते ११ दशमलव ६ मिटर पुगेको थियो । त्यस्तै सोही बर्ष असार २२ गते १० मिटर ४६ सेन्टिमिटर पुगेको थियो। यस वर्ष नारायणीले इतिहासकै रेकर्ड ब्रेक गरेको
जल मापन केन्द्र देवघाटका सुमित अधिकारीले जानकारी दिए । नारायणी नदीमा नौ मिटर पानीको सतह पार गर्नुलाई खतरा मानिन्छ। मापन अनुसार सात मिटर ३० सेन्टिमिटर सतह पार गर्नुलाई नदीको बहाव मापदण्ड भन्दा माथि रहेको सतर्कताको अवस्था मानिन्छ भने नौ मिटर पार गर्नु खतराको सूचकको रूपमा लिने गरिन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>