तनहुँ

तिनाउ नदीमा जलसतह सतर्कता तह पार, उच्च सतर्कता अपनाउन आग्रह

०
Banner

बुटवल, असोज १० –

तिनाउ नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। बुटवलस्थित जलमापन केन्द्रका अनुसार नदीमा जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले तिनाउ नदीमा बाढीको जोखिम रहेकाले पर्सि बिहानसम्म विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। नदी आसपासका बासिन्दालाई नदीको बहाव बढ्दै गएमा सुरक्षित स्थानतर्फ जान र आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई जलसतह र बाढीको अवस्थाबारे नियमित जानकारी लिन तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी गर्नसमेत अनुरोध गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>