Breaking News

नारायणगढ–मुग्लिन सडकखण्ड आज राति ८ बजेदेखि भोलि विहानसम्म बन्द हुने

Banner

चितवन, असोज ८ –

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा रातिका समयमा सवारी आवागमन पूर्णरुपमा बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले निरन्तर वर्षा र बाढी–पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा सम्पूर्ण सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

आज (बिहीबार) राति ८ बजेदेखि भोलि (शुक्रबार) विहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा चल्ने सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा अत्यावश्यक बाहेक यात्रा नगर्न, मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न र जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>