अर्थ

८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ

Banner

काठमाडौं ,असोज ५ –

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन(आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा सोमवार आईपीओ बाँडफाँट गरिएको हो ।

कम्पनीले भदौ २२ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ६३ हजार २०० कित्ता शेयर निष्काशन गरेको थियो । उक्त शेयरको कुल मूल्य ८ करोड ६३ लाख २० हजार रुपैयाँ बराबर रहेको छ ।

आईपीओमा २३ लाख ५१ हजार ५६० जना आवेदकले २ करोड ६२ लाख ९१० कित्ता शेयरका लागि आवेदन दिएका थिए । तीमध्ये २३ लाख ५ हजार २३३ वटा आवेदन स्वीकृत भएका छन् । बाँकी आवेदन रद्द भएका छन् ।

निष्काशन गरिएको शेयरको तुलनामा माग अत्यधिक भएपछि कम्पनीको आईपीओ गोलाप्रथा प्रक्रियाबाट बाँडफाँट गरिएको हो । बाँडफाँटअनुसार ८६ हजार ३२० जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् ।

यसअनुसार आवेदन दिएका करिब २३ लाखभन्दा बढी स्वीकृत आवेदकमध्ये सीमित संख्याले मात्र कम्पनीको शेयर प्राप्त गरेका छन् । आईपीओ नपर्ने आवेदकको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थामार्फत फिर्ता हुने व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>