चितवन विशेष
काङ्ग्रेस महानगर सभापतिका दावेदार अधिकारी क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन
०

चितवन, असोज ४-
भरतपुर महानगर सभापतिका दावेदार कृष्णविलास अधिकारी नेपाली काङ्ग्रेस भरतपुर-१० बाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् ।
शनिबार सम्पन्न वडा अधिवेशनबाट अधिकारीसहित सबै क्षेत्रीय प्रतिनिधिहरु सर्वसम्मत चयन भएका हुन् । क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएसङ्गै अधिकारी महानगर सभापतिमा दावेदारी प्रस्तुत गरेका छन् । `वडाबाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित गर्नुभएको छ, अब महानगरको नेतृत्व लिन वैधानिक रुपमा तयार भएको छु´-अधिकारीले भने ।
बौद्धिक, शैक्षिक व्यक्तित्व अधिकारी काँग्रेस माझ लोकप्रिय नेता हुन् । आउँदो नेतृत्व युवासङ्गै सक्षम व्यक्तित्वको आवश्यकता रहेको भन्दै आफुलाइ विश्वास गर्ने अधिकारीले विश्वास लिए ।
१५ औं महाधिवेशन अन्तरगत काङ्ग्रेसको नगर अधिवेशन ७ असोजमा हुँदैछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>





















