Breaking News
सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले घटेर ३ लाखमुनि कारोबार हुँदै
०

काठमाडौं, असोज १ –
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रति तोला रु दुई हजार ३०० र चाँदीको मूल्य रु ६० घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार ५०० र चाँदीको मूल्य रु चार हजार ६२५ कायम भएको छ ।
बुधबार छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ६८५ कायम भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























