देश/प्रदेश

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार २३८ जनालाई कारबाही

Banner

काठमाडौं,असोज १-

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १ हजार २३८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने ८७, सिसिटिभिमार्फत ७१, रातोबत्तीमा १०३ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा १५२, हर्न निषेधमा ४६, लेन क्रसमा ७४, अवस्था ठिक नभएको ४०, एकतर्फीमा ११ र अन्यमा ६५१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>