देश/प्रदेश
भोटेकोशी बाढीः पीडितका लागि रघुगङ्गाको ११ लाख सहयोग
०

म्याग्दी, असोज १ –
म्याग्दीको रघुगङ्गा गाउँपालिकाले रसुुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि बुधबार रु ११ लाखभन्दा बढी सहयोग गरेको छ ।
बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो ।
गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषबाट रु दुई लाख, जनप्रतिनिधिको भदौ महिनाको मासिक सुविधाबाट रु दुई लाख १० हजार र कर्मचारीको भदौ महिनाको तलबभत्ताबाट रु सात लाख ६७ हजार ६२६ बराबरको रकम कोषमा जम्मा गरिएको पौडेलले जानकारी दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























