Breaking News

हिजो ३ हजारले घटेको सुनको मूल्य आज ३ हजार ४ सयले बढ्यो

Banner

काठमाडौँ, भदौ २५-

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) ३ हजारले घटेको सुनको मूल्य आज भने प्रतितोला ३ हजार ४ सयले बढेको हो ।

महासंघले आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको जानकारी दिएको छ । हिजो सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। हिजो प्रतितोला ३ हजार ७५० रुपैयाँ रहेको चाँदी आज ४ हजार ८५५ रुपैयाँ पुगेको छ। यसरी चाँदी १०५ रुपैयाँले बढेर कारोबार हुँदैछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>