Breaking News

लगातार दुई दिन घटेको सुनको मूल्य आज बढेर ३ लाख ५ हजार नाघ्यो

Banner

काठमाडौँ, भदौ २३-

यो साता लगातार दुई दिन घटेको सुनको मूल्य आज (मंगलबार) बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन हजार ५ सय रुपैयाँले बढेको हो।

योसँगै आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजो (सोमबार) सुन प्रतितोला तीन लाख एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला चार हजार ६ सय ९० रुपैयाँ रहेको चाँदी मंगलबार १०० रुपैयाँले बढेर प्रतितोला चार हजार ७ सय ९० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>