चितवन विशेष

रसुवा बाढीपीडितका लागि रिजाल फुड एण्ड वेभरेजेजद्वारा ५ लाख ५ हजार सहयोग

Banner

चितवन, भदौ २२–

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा उद्धारमा सहयोग गर्न चितवनको रत्ननगरमा रहेको रिजाल फुड एण्ड वेभरेजेज प्रा.लि. ले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५ लाख ५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै यस संस्थामा आबद्ध हरेक श्रमिक, कर्मचारी, व्यवस्थापन टोली तथा सम्पूर्ण टिमको सामूहिक एकता र योगदानबाट राहत तथा उद्दार कार्यमा सहयोग पु¥याउने उद्देश्यले ५ लाख ५ हजार रुपैयाँ सहयोग गरिएको जनाएको छ ।

विज्ञप्तिमा यो सहयोग केवल आर्थिक योगदान मात्र नभई विपत्तिमा परेका नेपाली परिवारप्रति कम्पनीको जिम्मेवारी र ऐक्यबद्धताको भावना भएको उल्लेख गरिएको छ। साथै राहत संकलन तथा वितरणमा सक्रिय संघसंस्थासँग सहकार्य गर्दै आफ्ना उत्पादनहरू आवश्यक समुदायसम्म निरन्तर उपलब्ध गराउँदै आएको कम्पनीका प्रवन्ध निर्देशक पुरुषोत्तम रिजालले जानकारी दिए । ‘हामी आफ्नो तर्फबाट सबै खालका सहयोग गरिरहेका छौं, अहिले कम्पनीका सबैको योगदानमा आर्थिक सहयोग गरेका हौं’–प्रवन्ध निर्देशक रिजालले भने ।

रिजाल फुड एण्ड वेभरेजेजले आगामी दिनमा पनि आवश्यकताअनुसार राहत तथा अन्य मानवीय सहयोगका कार्यमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीले सबैलाई विपद्को यस कठिन घडीमा एकअर्काको साथ दिँदै मानवताको हात बढाउन समेत आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>