चितवन विशेष

नारायणी नदी किनारमा नियमित रक्तदान अभियानः १ हजार पिन्ट रगत संकलन

Banner

चितवन, भदौ २०–

चितवनको नारायणी नदी किनारमा सञ्चालन हुँदै आएको नियमित रक्तदान कार्यक्रममार्फत १ हजार पिन्ट रगत संकलन भएको छ।

‘मानवताका लागि रगत अभियान’ नारासहित वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेशन (विश्व रक्तदाता संगठन) चितवन शाखाले सञ्चालन गर्दै आएको उक्त अभियानले निरन्तर रक्तदानलाई प्रोत्साहन दिँदै आएको छ। शनिबार साँझसम्ममा एक हजार पिन्ट रगन संकलन गरिएको वश्व रक्तदाता संगठन चितवन शाखाका अध्यक्ष राजेन्द्र प्रसाद पौडेलले जानकारी दिए ।

‘हामी निरन्तर नारायणी किनारमा अपरान्ह ५ बजेदेखि राती ८ बजेसम्म रक्तदान कार्यक्रम गर्दै आइरहेका छौं, यसले रगत दिनुपर्छ भन्ने मानसिकता बढाउन सहयोग पुगेको छ, रगत पनि उत्तिकै संकलन भइरहेको छ’–अध्यक्ष पोडेलले भने । यस कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र, भरतपुरले गर्दै आएको छ। यस्तै अभियानलाई सफल बनाउन चितवन मेडिकल कलेज ब्लड बैंकले पनि साथ दिँदै आइरहेको छ ।

रक्तदान गर्ने सम्पूर्ण रक्तदाता तथा कार्यक्रम व्यवस्थापनमा सहयोग गर्ने सबैप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।
एक थोपा रगत कसैका लागि अमूल्य जीवन बन्न सक्ने भन्दै स्वस्थ नागरिकलाई नियमित रूपमा रक्तदान अभियानमा सहभागी हुन वर्ल्ड ब्लड डोनर्स अर्गनाइजेशनले आग्रह गरेको छ।

विश्व रक्तदाता संगठनका संस्थापक अर्जुन अधिकारीले नियमित रूपमा सञ्चालन हुने यस अभियानबाट संकलित रगतले उपचाररत बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण योगदान पुगेको बताए । उनले यो अभियान काठमाडौँ, चितवन, नवलपुर, वीरगञ्जमा सुरु गरिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>