तनहुँ

भिमाद नगरपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग

Banner

दमौली (तनहुँ), भदौ १७ –

भिमाद नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २० लाख सहयोग गर्ने निर्णय गरेको छ । नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले रसुवा बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको कोषबाट रु पाँच लाख, जनप्रतिनिधिको एक महिनाको पारिश्रमिकबाट रुआठ लाख ८० हजार, शिक्षक र कर्मचारीको तलबबाट रु छ लाख तथा भ्रमण कार्यक्रमको बजेट बाट रु २० हजार सहयोग गर्ने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिनुभयो ।

रसुवामा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नगरप्रमुख सुवेदीले विपद्को घडीमा भिमाद नगरपालिका पीडितको साथमा रहेको बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>