चितवन विशेष

शव व्यवस्थापन गरिएको ठाउँ देवघाटमा श्रद्धाञ्जली अर्पण

Banner

चितवन, भदौ १६–
रसुवा बाढीमा परी मृत्यु भएकाहरुको सम्झनामा आज (मंगलबार) चितवनको भरतपुर–१ देवघाटस्थित जंगलमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।

चितवनमा फेला परेका शवलाई जमिनमुनी व्यवस्थापन गरिएको ठाउँमा पुगेर जिल्लाबासीले श्रद्धाञ्जली अर्पण गरेका हुन् । जिल्ला प्रशासन कार्यालय चितवनले श्रद्धाञ्जली अर्पणका लागि आह्वान गरेपछि विभिन्न ठाउँबाट मानिसहरु दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गर्न पुगेका थिए । चितवनमा मंगलबारसम्म ३४८ शव संकलन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यसरी शंकलन गरिएको शव मध्ये ३३५ शवलाई देवघाटस्थित जंगलमा व्यवस्थापन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>