समाचार

लम्ती खोलाले बगाउँदा छेडागाडका ४५ वर्षीय महतारा बेपत्ता

Banner

जाजरकोट ,भदौ १६-

छेडागाड नगरपालिका–९ निवासी ४५ वर्षीय दलबहादुर महतारालाई लम्ती खोलाले बगाएर बेपत्ता बनाएको छ।

उपचारपछि थलहबाट घर फर्किने क्रममा सोमबार साँझ छेडागाड नगरपालिका–१० र ११ को सीमामा पर्ने लम्ती खोलाले महतारालाई बगाएको स्थानीय कर्णबहादुर खड्काले जानकारी दिएका छन्।

घटनाको खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय (इप्रका) बडाबनबाट प्रहरी टोली घटनास्थल पुगेको छ। प्रहरी र स्थानीयवासीको संयुक्त टोलीले महताराको खोजी कार्य जारी राखेको जनाइएको छ।

रातिको समय भएकाले तथा लगातार वर्षा हुँदा खोलाको बहाव बढिरहेको अवस्थामा स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ। खोलानाला तथा जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्नसमेत अनुरोध गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>