समाचार

रसुवा बाढीपीडितको सहयोगार्थ फोर्ब्स कलेजमा भोलि रक्तदान कार्यक्रम आयोजना हुने

Banner

भरतपुर, भदाै १५-

रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको सहयोगका लागि फोर्ब्स कलेज, भरतपुर–२, क्षेत्रपुर, चितवनले विशेष रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। मानवीय सहयोग र सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात् गर्दै कलेजले “For Humanity, For Rasuwa” अभियानअन्तर्गत रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो।

कलेज परिसरमा २०८३ साल भदौ १६ गते मंगलबार बिहान ७ बजे कार्यक्रम आयोजना हुनेछ। बाढीका कारण प्रभावित तथा घाइतेहरूको उपचारमा आवश्यक पर्ने रगतको उपलब्धता सहज बनाउन सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको कलेजले जनाएको छ।

प्राकृतिक विपद्को समयमा पीडितहरूको जीवनरक्षाका लागि रगतको महत्वपूर्ण भूमिका रहने भएकाले रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिइएको छ। “Your single act of kindness can be someone’s second chance at life” भन्ने सन्देशसहित आयोजना हुन लागेको कार्यक्रममा कलेजका विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक, पूर्वविद्यार्थी तथा रक्तदान गर्न योग्य सम्पूर्ण शुभेच्छुकहरूलाई सहभागी हुन आह्वान गरिएको छ।

फोर्ब्स कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मानवीय तथा सामाजिक अभियानमा सक्रिय सहभागिता जनाउँदै आएको जनाउँदै यस कार्यक्रमलाई पनि सहयोग र एकताको अभियानका रूपमा अघि बढाउन लागेको जनाएको छ।

“रक्तदान गरौँ, जीवन बचाऔँ; रसुवाका पीडितसँग एकजुट बनौँ र आशा जगाऔँ” भन्ने सन्देशसहित कलेजले सम्पूर्ण चितवनवासीलाई कार्यक्रममा सहभागी भई मानवीय सेवामा योगदान पुर्‍याउन आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>