चितवन विशेष
नारायणी सामुदायिक हस्पिटलद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमामा ११ लाख सहयोग

चितवन, भदौ १४–
चितवनको भरतपुर–१०, मा रहेको नारायणी सामुदायिक हस्पिटल (एनपीआई)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमामा ११ लाख रुपैयाँ सहयोग गरेको छ ।
चितवन उद्योग वाणिज्य संघ मार्फत हस्पिटलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो ।
हस्पिटलकी संचालक एवं पूर्व सांसद गीता वाग्ले, हस्पिटलका उपाध्यक्ष चुडामणि खनाल, प्रवन्ध निर्देशक विष्णु कुवँर, संचालक सदस्य निरज श्रेष्ठले चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीलाई चेक हस्तान्तरण गर्नुभयो । संघका तर्फबाट पूर्व अध्यक्ष कल्याण जोशी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, उपाध्यक्षद्धय राजन पिया र नारायण प्रधान उपस्थित हुनुहुन्थ्यो । भीषण बाढीले हजारौं परिवार घरविहीन र हजारौं बेपत्ता भएकाले राहत तथा पुर्नस्थापनाका लागि उक्त रकम सहयोग गरिएको संचालक वाग्लेले बताउनुभयो ।
गत भदौ १० गते रसुवामा आएको बाढीले हजारौं मानिस बेपत्ता छन् । हालसम्म करिव ८ सय जनाको मृत्यु भइसकेको छ । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्याएको छ । राहत तथा पुर्नस्थापनाका लागि अहिले विभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग रकम हस्तान्तरण गरिरहेका छन् ।

























