चितवन विशेष

प्रधानमन्त्री राहत कोषमा भरतपुरको युटेक कलेजले दियो ५ लाख ५१ हजार

Banner

चितवन, भदौ १४–

चितवनको भरतपुरस्थित युनाइटेड टेक्निकल कलेज (यु–टेक)ले प्रधानमन्त्री राहत कोषमा ५ लाख ५१ हजार सहयोग गरेको छ । आज विहान चितवन उद्योग वाणिज्य संघ मार्फत कलेजले प्रधानमन्त्री राहत कोषमा उक्त रकम प्रदान गरेको हो ।

कलेजका अध्यक्ष चुडामणि खनालले चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीलाई चेक हस्तान्तरण गर्नुभयो । विपद्को यस कठिन घडीमा सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै कलेजले राहत कार्यमा सहयोग गर्ने निर्णय गरेको अध्यक्ष खनालले बताउनुभयो ।

उहाँले शिक्षक तथा कर्मचारीहरूबाट समेत व्यक्तिगत रूपमा छुट्टाछुट्टै सहयोग गर्ने क्रम जारी रहेको जानकारी दिनुभयो। उहाँले कलेज परिवारको यो सहयोगले विपद्मा परेका नागरिकलाई राहत पुर्‍याउन केही योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
सामाजिक उत्तरदायित्व र मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै यु–टेक परिवारले आगामी दिनमा समेत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने अध्यक्ष खनालले बताउनुभयो।

गत भदौ १० गते रसुवामा आएको बाढीले हजारौं मानिस बेपत्ता छन् । हालसम्म करिव ८ सय जनाको मृत्यु भइसकेको छ । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्‍याएको छ । राहत तथा पुर्नस्थापनाका लागि अहिले विभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग रकम हस्तान्तरण गरिरहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>