देश/प्रदेश
बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा
०

काठमाडौँ, भदौ १३ –
रसुवास्थित भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको बैङ्कको सेफ ९पैसा तथा कागजात राख्ने सुरक्षित फलामे बाकस० फोड्ने २९ जना पक्राउ परेका छन् । बाढीसँगै बगेर त्रिशूलीमा आएको सेफ फुटाउने २९ जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
निजहरूको साथबाट रु ९२ लाख ६८ हजार ५०५ समेत बरामद भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलैन्द्र थापाले जानकारी दिनुभयो । यसबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























