Breaking News

चितवनमा फेला परेका सबै शव देवघाटको जमिनमुनी व्यवस्थापन गरिने

Banner

चितवन, भदौ १३–

चितवनमा फेला परेका शवहरुलाई जमिन भित्र व्यवस्थापन गरिने भएको छ । डिएनएन परीक्षणका लागि नमुना संकलन पछि आजबाट नै शवलाई जमिनमुनी गाड्ने काम अघि बढाइने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

रसुवामा आएको बाढीबाट चितवनसम्म आइपुगेका शवहरुको व्यवस्थापनमा चुनौति देखापरेको थियो । शव सड्ने, दुर्गन्ध फैलिने संभावना देखिएपछि आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन पहिलो संशोधन, निर्देशिका–२०८३ बमोजिम सबै शवहरु जमिनमुनी व्यवस्थापन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए । शवहरुको डिएनए नमुना शंकलन गरि संकेत नम्बरको आधारमा अभिलेख राख्ने गरि भरतपुर महानगरपालिका–१, देवघाटस्थित खुला स्थापनमा व्यवस्थापन गरिने छ । विषम परिस्थितिमा गरिएको यो निर्णयलाई सकरात्मक रुपमा लिदै सहयोग, समन्वय र सूचना सम्प्रेशण गरिदिन चितवन प्रशासनले अनुरोध गरेको छ ।

गत भदौ १० गते रसुवामा आएको बाढीका कारण चितवनमा हालसम्म २३३ वटा शव फेला परेको छ । ती मध्ये ४ वटा मात्रै शव सनाखत भएको छ । बाँकी २२९ वटा शवहरु अस्पताल र होल्डिङ सेन्टरमा राखिएका छन् । चितवन उद्योग संघसंगै जोडिएको औद्योगिक प्रष्ठिानमा रहेका ८० वटा शवको डिएनए नमुना संकलन भइसकेको छ । पहिलो चरणमा त्यहाँ राखिएको शव देवघाटमा व्यवस्थापन गरिने छ ।
अहिले ७ जना फरेन्सी चिकित्सक र ७ जना दन्त चिकित्सकसहित ४० जनाको टिमले डिएनए नमुना संकलनमा खटिएको छ । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, भेरी अस्पताल, लुम्बिनी मेडिकल कलेज र काठमाडौंको नेपाल मेडिकल कलेजका ७ जनाको फरेन्सी चिकित्सक नियमित रुपमा डिएनए नमुना संकलनमा खटिएका छन् । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा.विश्वबन्धु बगालेले अस्थायी शव केन्द्रमा राखिएका सबै शवको डिएनए नमुना संकलन भइसकेको भन्दै पहिलो चरणमा त्यहाँ रहेको शव व्यवस्थापन हुने बताए । उनले अस्पतालको शव गृहमा रहेका शवहरुको पनि डिएनए परीक्षण जारी रहेकाले यहाँका शव अब सिधै देवघाट पठाईने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>