Breaking News

चितवन प्रशासनको समन्वयमा चौधरीको शव कोहलपुर लगिने

Banner

चितवन, भदौ १२–

पैसाको अभावले शव लैजान नपाएका बाँकेका चौधरी परिवारलाई रेडक्रस र एम्बुलेन्स चालकहरुले खर्च व्यहोरेर शव लैजाने भएको छ ।

आज सनाखत भएको बाँकेको कोहलपुर–११ का २३ वर्षीय कबिरलाल चौधरीको शव परिवारले घर लैजान पाएको थिएन । चितवन प्रशासनको समन्वयमा नेपाल रेडक्रस सोसाइटीले कोहलपुरसम्मका लागि ६५ लिटर तेल उपलब्ध गराउने र बाँकी खर्च एम्बुलेन्स चालक संघले व्यहोर्ने गरि शव लैजाने तय भएको हो । प्रहरी नायव उपरीक्षक सुवास भट्टले रेडक्रस र एम्बुलेन्स चालक संघको सहकार्यमा शव लैजान सबै व्यवस्थापन गरिएको बताए ।

मृतकका दाजु सुग्रिब थारुले अरु सबै प्रक्रिया पूरा भएको र पैसा अभावले लान नसकिएको बताएका थिए । अहिले शव लिनका लागि एम्बुलेन्स पुगि सकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>