चितवन विशेष

एक्सपर्ट फाउन्डेसनद्वारा प्रधानमन्त्री राहत कोषमा २० लाख सहयोग

Banner

चितवन, भदौ १२–

एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजको परोपकारी संस्था एक्सपर्ट फाउन्डेसनले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

संस्थाले बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित समुदायलाई शीघ्र राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको जनाएको छ। फाउन्डेसनले बाढीमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा उद्धार र प्रभावितहरूको उचित राहत व्यवस्थापनका कार्यमा सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिएको छ।

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सरकार, निजी क्षेत्र र विभिन्न संघसंस्थाबाट राहत तथा पुनःस्थापनाका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>