अन्तर्राष्ट्रिय

चीनले गर्‍यो सबैको उद्धार, ३ जनाको मृत्यु, ५५८ जना अझै बेपत्ता

Banner

काठमाडौँ, भदौ १२ –

चीनको दक्षिण पश्चिमी तिब्बत स्वायत्त क्षेत्रको सिगात्सेअन्तर्गत केरुङ (ग्यिरोङ) काउन्टीमा आएको विनाशकारी पहिरोपछि प्रभावित सबै बासिन्दा तथा पर्यटकलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

बुधबार बिहान केरुङ बन्दरगाह क्षेत्रमा आएको पहिरोबाट प्रभावित ४९९ जना स्थानीय बासिन्दा र निर्माण मजदुरलाई सुरक्षित रूपमा पुनर्स्थापना गरिएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । त्यसैगरी, घटनास्थलमा अलपत्र परेका ५५५ जना पर्यटकलाई पनि उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । अब उक्त क्षेत्रमा कुनै पनि पर्यटक अलपत्र नरहेको अधिकारीहरूको भनाइ छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार सांस्कृतिक तथा पर्यटन अधिकारीहरूको समन्वयमा पर्यटकहरूको उद्धार तथा स्थानान्तरण गरिएको हो । प्रभावित स्थानीय बासिन्दा र निर्माण क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सुरक्षित आवासमा राखिएको छ ।

पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन चीनको नागरिक उड्डयन निकाय पनि परिचालन भएको छ । बिहीबार दिउँसो ३ बजेसम्म नागरिक उड्डयन सेवामार्फत ३२४ जना उद्धारकर्मीलाई प्रभावित क्षेत्रमा पुर्‍याइएको छ ।

त्यसैगरी, उद्धार तथा राहतका लागि २४ टन उद्धार उपकरण, दैनिक उपभोग्य सामग्री र चिकित्सा सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको सिन्ह्वाले जनाएको छ । यी सामग्री प्रभावित बासिन्दाको स्थानान्तरण तथा आपत्कालीन उद्धार कार्यमा प्रयोग भइरहेका छन् ।

पछिल्लो विवरणअनुसार तीन जनाको मृत्यु भएको, ५५८ जना अझै बेपत्ता रहेको र दुई जना स्थानीय बासिन्दाको जीवितै उद्धार गरिएको चिनियाँ अधिकारीहरूले बताएका छन् । प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान भने अझै निरन्तर जारी रहेको बताइएको छ ।एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>