खेलकुद
स्टार्स मन्टेश्वरी एकेडेमीमा तेक्वान्दो ग्रेडिङ टेस्ट सकियो

चितवन, भदौ ८–
स्टार्स मन्टेश्वरी एकेडेमीको भगिनी संस्था स्टार्स तेक्वान्दो डोजाङको आयोजना तथा नेपाल तेक्वान्दो संघको सहकार्यमा २०८३ साल ब्याचको पहिलो तेक्वान्दो ग्रेडिङ टेस्ट सम्पन्न भएको छ ।
भरतपुर–११, मालपोत चोकस्थित स्टार्स मन्टेश्वरी एकेडेमीमा उत्साहपूर्ण रूपमा ग्रेडिङ टेस्ट सम्पन्न भएको हो। ग्रेडिङ टेस्टमा स्टार्स मन्टेश्वरी एकेडेमीको कक्षा यूकेजीमा अध्ययनरत खेलाडीको उत्साहपूर्ण सहभागिता रहेको थियो। विद्यालयमा नियमित तेक्वान्दो प्रशिक्षण लिँदै आएका खेलाडीहरूले ग्रेडिङका क्रममा शारीरिक अभ्यास, किक, बेसिक, पुम्से, अनुशासन तथा तेक्वान्दोसम्बन्धी विभिन्न सीप प्रस्तुत गरेका थिए।
उक्त ग्रेडिङ टेस्ट नेपाल तेक्वान्दो संघका प्रतिनिधि तथा राष्ट्रिय रेफ्री सोम बहादुर दराईले लिनुभएको थियो। उहाँले खेलाडीहरूको उमेर, प्रशिक्षणको स्तर, अनुशासन, शारीरिक सन्तुलन, आत्मविश्वास तथा ग्रेडिङका लागि आवश्यक विभिन्न तेक्वान्दो सीपको मूल्याङ्कन गर्नुभएको थियो।
ग्रेडिङ टेस्टको मूल्याङ्कनका आधारमा खेलाडीहरूलाई सिङ्गल तथा डबल प्रमोसन प्रदान गरिएको छ। सेतो बेल्टमा रहेका खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गर्दै डबल प्रमोसन प्राप्त गर्ने खेलाडीहरूलाई पहेँलोरहरियो बेल्ट तथा सिङ्गल प्रमोसन प्राप्त गर्ने खेलाडीहरूलाई पहेँलो बेल्ट प्रदान गरिएको छ।
डबल प्रमोसन प्राप्त गरी पहेँलो–हरियो बेल्ट हासिल गर्ने खेलाडीहरूः
१. प्रान्शी थापा
२. रोवन गुरुङ
३. नृत्य पौडेल
४. आरभ अधिकारी
५. आर्यभ पाण्डे
६. स्पन्दन कार्की
यी छ खेलाडीले ग्रेडिङ टेस्टमा उत्कृष्ट प्रदर्शन गर्दै सेतो बेल्टबाट डबल प्रमोसन प्राप्त गरी पहेँलो–हरियो बेल्ट हासिल गरेका हुन्। सिङ्गल प्रमोसन प्राप्त गरी पहेँलो बेल्ट हासिल गर्ने खेलाडीहरूः
१. रोनिन श्रेष्ठ
२. क्रिजय पौडेल
३. श्रीनीका हमाल
४. बियान्सा पौडेल
५. अभिन श्रेष्ठ
६. सागरिक अर्याल
७. आर्याश्री पौडेल
८. नितिक अधिकारी
९. इभानी परियार
१०. निर्भी अधिकारी
११. साईल्स भट्टराई
१२. सुयोग पण्डित
१३. अद्भिक थापा
१४. अर्थव बुढाथोकी
१५. श्रीयांशी दाहाल
१६. अध्दैत नेपाल
१७. अर्पण पौडेल
१८. श्रृजु घिमिरे
१९. कभिस सागर कर्मचार्य
२०. आरूष रेग्मी
२१. रेयान्स रेग्मी
२२. रसिका भट्टराई
२३. अक्षत जंग के.सी.
२४. अर्पित लोहनी
२५. एलोन काप्री
२६. स्नेहा भण्डारी
२७. रियान्स अर्याल
२८. रिहान्स अर्याल
२९. श्रीयान्स भुजेल
३०. एरिक थापा
३१. सक्षम गुरुङ
३२. न्युटन भट्टराई
३३. अभ्युदय श्रेष्ठ
विद्यालयका अनुसार ग्रेडिङ टेस्टका लागि तयारी गरेका तर स्वास्थ्यमा समस्या आएका कारण निर्धारित दिनमा टेस्टमा उपस्थित हुन नसकेका खेलाडी लाई अवसरबाट वञ्चित गरिने छैन। उनीहरूले पूर्ण रूपमा स्वास्थ्यलाभ गरेपछि उनीहरूका लागि पुनः छुट्टै ग्रेडिङ टेस्टको व्यवस्था गरिने विद्यालयले जनाएको छ।
“बालबालिकाको आत्मविश्वास र अनुशासनमा आएको परिवर्तन हाम्रो उपलब्धि हो”— सोनी थापा
ग्रेडिङ टेस्ट सम्पन्न भएपछि विद्यालयकी को–अर्डिनेटर सोनी थापाले साना बालबालिकाले उत्साह र आत्मविश्वासका साथ आफ्नो सीप प्रस्तुत गरेको देख्दा विद्यालय परिवार अत्यन्त उत्साहित भएको बताउनुभयो।
उहाँले भन्नुभयो, “हाम्रो उद्देश्य बालबालिकालाई पढाइमा मात्र अगाडि बढाउनु होइन, उनीहरूलाई शारीरिक र मानसिक रूपमा स्वस्थ, अनुशासित, आत्मविश्वासी र आत्मनिर्भर बनाउनु पनि हो। नियमित तेक्वान्दो प्रशिक्षणपछि नानीबाबुहरूको आत्मविश्वास, अनुशासन र शारीरिक सक्रियतामा आएको सकारात्मक परिवर्तन हाम्रा लागि ठूलो उपलब्धि हो।”
उहाँले ग्रेडिङ टेस्टमा प्रमोसन प्राप्त गर्ने सम्पूर्ण खेलाडीलाई बधाई दिँदै प्रमोसनभन्दा पनि नियमित अभ्यास, अनुशासन र सिक्ने चाहना महत्त्वपूर्ण रहेको बताउनुभयो। स्वास्थ्य समस्याका कारण यसपटक सहभागी हुन नसकेका नानीबाबुहरूलाई पनि निराश नहुन आग्रह गर्दै पूर्ण स्वास्थ्यलाभपछि उनीहरूको ग्रेडिङ टेस्ट लिइने जानकारी दिनुभयो।
“बेल्टको रङ परिवर्तनसँगै जिम्मेवारी पनि बढ्छ”—प्रशिक्षक डिलराम परियार
स्टार्स तेक्वान्दो डोजाङका प्रशिक्षक डिलराम परियारले ग्रेडिङ टेस्टमा खेलाडी नानीबाबुहरूले गरेको प्रदर्शन सन्तोषजनक र उत्साहजनक रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “ग्रेडिङ टेस्ट केवल एउटा बेल्टबाट अर्को बेल्टमा जाने प्रक्रिया होइन। यो खेलाडीले नियमित प्रशिक्षणबाट सिकेको सीप, अनुशासन, आत्मविश्वास र मेहनतको मूल्याङ्कन हो। बेल्टको रङ परिवर्तनसँगै खेलाडीको जिम्मेवारी पनि बढ्दै जान्छ।”
सानै उमेरदेखि तेक्वान्दो प्रशिक्षण सुरु गर्दा बालबालिकाको शारीरिक सन्तुलन, लचकता, सहनशीलता, एकाग्रता र आत्मविश्वास विकास हुने उहाँको भनाइ छ। नियमित प्रशिक्षणले अनुशासन र नियमितताको बानी बसाल्नुका साथै समूहमा काम गर्ने क्षमता, आपसी सम्मान, सहकार्य र खेलभावनाको समेत विकास गर्ने उहाँले बताउनुभयो।
स्टार्स मन्टेश्वरी एकेडेमीले पढाइसँगै बालबालिकाको शारीरिक, मानसिक, सामाजिक तथा भावनात्मक विकासका लागि अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै प्राथमिकता दिँदै आएको छ। यसै उद्देश्यअनुरूप विद्यालयले विगत पाँच वर्षदेखि नियमित रूपमा तेक्वान्दो प्रशिक्षण सञ्चालन गर्दै आएको छ।
यस अवधिमा विद्यालयका धेरै खेलाडी नानीबाबुहरूले कालो बेल्ट प्राप्त गरिसकेका छन्। साथै नेपाल तथा भारतमा आयोजना भएका विभिन्न तेक्वान्दो प्रतियोगितामा सहभागी भई विद्यालयका खेलाडीहरूले विभिन्न पदक जितेर विद्यालय तथा अभिभावकलाई गौरवान्वित बनाउन सफल भएका छन्।
विद्यालयमा सोमबारदेखि शुक्रबारसम्म दैनिक एक घण्टा नियमित तेक्वान्दो प्रशिक्षण सञ्चालन हुँदै आएको छ। बालबालिकाको उमेर र क्षमताअनुसार आधारभूत शारीरिक अभ्यासदेखि विभिन्न किक, ब्लक, पुम्से तथा आत्मरक्षासम्बन्धी सीप क्रमशः सिकाइँदै आएको छ।
वि।सं। २०६७ सालमा भरतपुर–११, मालपोत चोक, चितवनमा स्थापना भएको स्टार्स मन्टेश्वरी एकेडेमी मन्टेश्वरी पद्धतिमा आधारित बालमैत्री वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको शैक्षिक संस्था हो। विद्यालयले शैक्षिक उपलब्धिसँगै खेलकुद, कला, संस्कृति, जीवनोपयोगी सीप तथा विभिन्न अतिरिक्त क्रियाकलापलाई समान महत्त्व दिँदै बालबालिकाको सर्वाङ्गीण विकासलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै आएको छ।
ग्रेडिङ टेस्ट सफलतापूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल तेक्वान्दो संघका प्रतिनिधि तथा राष्ट्रिय रेफ्री सोम बहादुर दराई, प्रशिक्षक डिलराम परियार, विद्यालय परिवार, अभिभावक तथा सहभागी सम्पूर्ण खेलाडी नानीबाबुहरूप्रति स्टार्स मन्टेश्वरी एकेडेमीले धन्यवाद व्यक्त गरेको छ। साथै प्रमोसन प्राप्त गर्ने सम्पूर्ण खेलाडी नानीबाबुहरूलाई बधाई दिँदै आगामी तेक्वान्दो यात्राका लागि शुभकामना व्यक्त गरेको छ।

























