समाचार

प्रधानमन्त्री वालेन्द्र शाहले गर्नुभयो मुक्तिनाथको दर्शन

Banner

मुस्ताङ, भदौ ६-

प्रधानमन्त्री वालेन्द्र शाहले आज साँझ पवित्र धार्मिकस्थल मुक्तिनाथको दर्शन गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार प्रधानमन्त्रीले आज साँझ मुक्तिनाथको दर्शन गर्नुभएको हो । शुक्रबार काठमाडौँबाट निजी भ्रमणमा निस्कनुभएका प्रधानमन्त्री शाह दिउँसो ३ बजे बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम आइपुग्नुभएको थियो । बेनी(जोमसोम सडकमार्ग हुँदै मुस्ताङ आउनुभएका प्रधानमन्त्री शाह घरपझोङ–३ स्थित पुथाङ एयरपोर्टको होटल ओम्स होममा बस्नुभएको थियो ।

सडकमार्ग हुँदै मुस्ताङ आउनुभएका प्रधानमन्त्री शाह होटल ओम्स होममा साँढे तीन घण्टा आराम गरी मुक्तिनाथ दर्शनका लागि प्रस्थान गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाहले शनिबार साँझ मुक्तिनाथको दर्शन गरी जोमसोम फर्किनुभएको बताउनुभयो । मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले प्रधानमन्त्री शाह शनिबार साँझ ७ः३० बजे मुक्तिनाथ मन्दिरमा प्रवेश गर्नुभएको बताउनुभयो । व्यवस्थापक भुसालका अनुसार प्रधानमन्त्रीले साँझ ८ः०० बजेसम्म मन्दिरमा रहेर पुजाअर्चना गर्नुभएको थियो ।

प्रधानमन्त्री शाहले मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी समक्ष टीका र प्रसाद ग्रहण गर्नुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>