Breaking News

प्रधानमन्त्री शाह मुस्ताङका लागि पोखरा प्रस्थान, हेलिकॉप्टर मार्फत मुस्ताङ जाने

Banner

चितवन, भदौ ५-

प्रधानमन्त्री बालेन्द्र शाह मुस्ताङ जाने क्रममा शुक्रबार चितवनबाट पोखरातर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह चितवनबाट सडकमार्ग हुँदै पोखरा गएका हुन् । पोखराबाट उनी हेलिकॉप्टरमा मुस्ताङ जाने कार्यक्रम रहेको छ ।

उनी शनिबार बिहान प्रसिद्ध मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने कार्यतालिका रहेको छ । प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणका क्रममा जिल्लाको समसामयिक अवस्था, विकास निर्माण तथा स्थानीय विषयमा जानकारी लिने कार्यक्रम रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>