देश/प्रदेश

पुस ९ गते बसेको राखेपको बोर्ड बैठक आज आठ महिनापछि बस्दै

Banner

काठमाडौं, साउन २८-

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठक आज बस्दै छ । तत्कालीन युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा पुस ९ गतेपछि आज राखेप बैठक आज बस्न लागेको हो ।

करिब आठ महिनापछि राखेप बोर्ड बैठक शिक्षा तथा खेलकदु मन्त्रालयमा दिउँसो १ बजे सुरु हुनेछ । राखेपका अध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आह्वान गरेको बैठकमा ९ एजेन्डा तोकिएका छन् । डेढ महिनापछि हुन लागेको २०औँ एसियाली खेलकुद र १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मुख्य प्राथमिकतामा छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>