देश/प्रदेश

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

Banner

कर्णाली, साउन २८ –

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४ हजार ५०० थान सिलिन्डर वितरण गरिएको छ ।

यही साउन १ देखि २७ गतेसम्म सुर्खेतका विभिन्न ग्यास डिलर तथा कम्पनीबाट १४ दशमलव दुई केजीका ग्यास सिलिन्डर बिक्री तथा वितरण गरिएको हो ।

नेपाल आयल निगम लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख दीपक घिमिरेका अनुसार भेरी ग्यासका मात्र २७ हजार ६२६ सिलिन्डर वितरण भएका छन् ।

त्यस्तै, नेपाल ग्यास कर्णालीका पाँच हजार ७८, सैपालका चार हजार ४६५, राप्तीका दुई हजार ८००, रेडियन्सका दुई हजार ७३० र मनकामना ग्यास कम्पनीका एक हजार ८०२ सिलिन्डर बिक्री तथा वितरण भएको उहाँले जानकारी दिनुभयो ।

प्रमुख घिमिरेका अनुसार साउन मसान्तसम्म सुर्खेतमा थप पाँच हजार ग्यास सिलिन्डर आवश्यक पर्ने देखिएको छ । “यो महिनामा करिब ५० हजार ग्यास सिलिन्डर वितरण हुने देखिएको छ । यो अहिलेसम्मकै उच्च खपत हो,” उहाँले भन्नुभयो ।

यसैबीच, जिल्ला प्रशासन कार्यालयमा मङ्गलबार बसेको सर्वपक्षीय बैठकले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सुत्केरी, दीर्घरोगी तथा समस्यामा परेका व्यक्तिका लागि प्रत्येक डिलरबाट १० प्रतिशत ग्यास सिलिन्डर छुट्याएर उपलब्ध गराउने व्यवस्था गरेको निगम कार्यालय सुर्खेतले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>