देश/प्रदेश

पत्रकार श्रेष्ठका पक्षमा शान्ति समाज, गिरफ्तारी आपत्तिजनक

Banner

काठमाडौं, साउन २८-

वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई २०८३ साउन २७ गते राति प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा गिरफ्तार गरेको बारे मानव अधिकार तथा शान्ति समाजको ध्यानाकर्षण भएको जनाएको छ ।

समाजकी अध्यक्ष रेनुका पौडेलले विहीबार एक विज्ञप्ति जारी गर्दै प्रेसबाट कुनै त्रुटि भए नियामक निकायहरू मार्फत निरूपणको विधि छदा छदै पत्रकारको गिरफ्तारी आपत्तिजनक भएको जनाएकी छन् ।

गिरफ्तारी पश्चात् साउन २८ गते बिहान पत्रकार श्रेष्ठ सम्पादक रहेको जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेको घट्नाको पनि समाजले विरोध जनाएको छ ।

‘गिरफ्तारी पश्चात् साउन २८ गते बिहान पत्रकार श्रेष्ठ सम्पादक रहेको जनआस्था पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेर कम्प्युटर सहित विभिन्न सामग्री नियन्त्रणमा लिनु निन्दनीय छ, दुराशय युक्त देखिन्छ, जुन प्रेस स्वतन्त्रता, मौलिक हक र नेपालको संविधानको उल्लङ्घन हो । तसर्थ शान्ति समाज पत्रकार श्रेष्ठको शीघ्र रिहाइ र प्रेस माथिको आक्रमण बन्द गर्न सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

‘स्मरणीय छ एकातिर नेपालको संविधानको प्रस्तावना मानै पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरिएको छ भने संविधानको धारा १९ मा मौलिक हक अन्तर्गत सञ्चारको हक प्रत्याभूत गरिएको छ । जसको उपधारा २ मा सञ्चार माध्यमलाई बन्द, जफत वा दर्ता खारेज वा त्यस्तो सामग्री जफत गरिने छैन भन्ने सुनिस्चित गरिएको छ। यसै गरी नेपाल राज्य पक्ष रहेको नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञा पत्रको धारा १९ स्मरणीय छ भने पत्रकारहरूको सुरक्षाको लागि सूचनाको श्रोत खुलाउन सञ्चार जगत् बाध्य नभएको पत्रकारिताको विशेष प्रिभिलेज सम्बन्धी अन्तर्राष्ट्रिय मान्यता सबैले अवलम्बन गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

श्रेष्ठलाई ललितपुरको बागडोलबाट बुधबार साझ प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय अपराध सम्बन्धी जाहेरी दर्ता भएको छ । उक्त जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध वैयक्तिक गोपनियता सम्बन्धी कसुर जाहेरी दर्ता भएको छ । उक्त जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>