देश/प्रदेश
प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जना पक्राउ
०

कर्णाली, साउन २८ –
जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच बोरा प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिँजा गाउँपालिका–५, जुम्ला घर भई हाल सुर्खेत बस्ने चन्द्राकली बुढा रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको एउटा बसलाई स्थानीय सुब्बाकुना चेकपोस्टमा जाँच गर्ने क्रममा बसमा रातो जङ्गली च्याउ फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार बसको डिक्कीमा लुकाईछिपाई राखिएको अवस्थामा पाँच बोरा रातो जङ्गली च्याउ फेला परेको थियो ।
च्याउको तौल ७४ केजी रहेको प्रहरी नायब उपरीक्षक बोहोराले जानकारी दिनुभयो । पक्राउ परेकी बुढामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























