देश/प्रदेश

कैद तथा जरिवाना तोकिएपछि फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ

Banner

रुपन्देही, साउन २८ –

जिल्ला प्रहरी कार्यालयले अदालतबाट कैद तथा जरिवाना तोकिएपछि फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकिएपछि फरार रहेका प्रतिवादीको खोजी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा चोरी मुद्दामा शुद्धोधन गाउँपालिका–७ खुनगाउँका विशाल थारू रहेका छन् । उनलाई अदालतले दुई महिना चार दिन कैद सजाय सुनाएको थियो ।

त्यस्तै, जबर्जस्ती करणी उद्योग मुद्दामा शुद्धोधन गाउँपालिका–६ बेलहियाका रामदरस लोहार पक्राउ परेका छन् । उनलाई अदालतले एक वर्ष पाँच महिना छ दिन कैद र रु १५ हजार जरिवाना तोकेको थियो ।

चोरी मुद्दामा सियारी गाउँपालिका–८ छपियाका गणेश मल्लाह पक्राउ परेका छन् । उनलाई अदालतले दुई महिना कैद र रु १० हजार जरिवाना तोकेको थियो ।

सोही मुद्दामा शुद्धोधन गाउँपालिका–५ रजाडका सुन्दर केवट भनिने वासुदेव केवट पनि पक्राउ परेका छन् । उनलाई अदालतले दुई महिना तीन दिन कैद र रु छ हजार जरिवाना तोकेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका प्रतिवादीलाई सम्बन्धित अदालतमा पेस गरिएको छ । जिल्ला प्रहरीले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>